राष्ट्रपतिद्वारा कन्या पूजा

बुधबार, १५ असोज २०८२

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । 

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गरेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार