सप्तरी: सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा ७ स्थित मनिरको हार्डवेयर पसलमा काम गर्ने सोही ठाउँका २३ बर्षीय मो. राजाबुलको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार साँझ उहाँ बाटोको बायाँपट्टी रहेको अर्को पसलमा विद्युत तार तान्दै थिए । सोही क्रममा तारको डल्लो बनाई पोलमा फाल्दा सो तार ११ हजार मेगावाट उच्च क्षामताको भोल्टेज लाइनमा परेर करेन्ट लागेर घाइते भएका थिए।
गम्भीर घाइते भएका राजाबुललाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया