इटहरीको बिपी मेडिकोमा शुक्रवार निःशुल्क मानसिक स्वास्थ्य शिविर हुँदै

बुधबार, २२ असोज २०८२

इटहरी : विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा इटहरीस्थित बिपी मेडिकोले यस शुक्रवार दिउँसो विशेष निःशुल्क शिविर आयोजना गर्न लागेको छ।

शिविरमा बिपी मेडिकोका वरिष्ठ नशा, कुलत, टाउको, यौन तथा मानसिक रोग विशेषज्ञ डा। प्रभात चालिसेले उपस्थित हुनेछन् र सहभागीलाई निःशुल्क परामर्श र आवश्यक परीक्षण उपलब्ध गराउनेछन्। साथै बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिने जनाइएको छ । 

बिपी मेडिकोका सञ्चालक गणेश नेपालका अनुसार, “आजको समाजमा मानसिक र यौन सम्बन्धी रोगहरूलाई लुकाउने प्रवृत्ति अझै पनि रहेको छ। यस्तो शिविरले समुदायमा सचेतना बढाउने मात्र नभई रोगको प्रारम्भिक पहिचान र उपचारमा सहयोग पुर्‍याउनेछ।”

विशेषज्ञ डा. चालिसेले बताए अनुसार, मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, तनाव, नीदको समस्या, तनावजन्य सिरदर्द र यौन स्वास्थ्यसम्बन्धी समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सके उपचार सरल र प्रभावकारी हुन्छ।

उनी थप्छन्, “समाजमा लाजको कारणले धेरैले समस्या लुकाउँछन्, तर समयमै उपचार गर्दा जीवनस्तर सुधार गर्न सकिन्छ।”

विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष अक्टोबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसको रूपमा मनाउने गर्दछ। यस दिवसको मुख्य उद्देश्य मानसिक स्वास्थ्यका विषयमा जनचेतना बढाउनु, मानसिक समस्या भएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउनु र सामाजिक कलङ्क कम गर्नु हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार