खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध

बुधबार, २२ असोज २०८२

काठमाडौँ । भारतका विभिन्न राज्यहरूमा खोकीको औषधि ‘कफ सिरप’ सेवनबाट बालबालिकाको ज्यान गएपछि औषधि व्यवस्था विभागले नेपालमा सबै पक्षलाई सचेत गराएको छ ।

औषधि व्यवस्था विभागले मङ्गलवार एक सूचना जारी गर्दै खोकीको औषधिको बिक्री वितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो ।

‘भारतका विभिन्न राज्यमा खोकीको औषधि ‘कोल्डरिफ कफ सिरप’ प्रयोगपछि बालबालिकाको मृत्यु भएको समाचारहरूप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, सूचनामा भनिएको छ, ‘उक्त औषधि भारतको स्रेसन फर्मा उत्पादक रहेको जानकारी हुन आएको छ । सो उत्पादक तथा त्यसका उत्पादनहरू विभागमा दर्ता नभएको सबैको जानकारीका लागि अनुरोध छ ।’

यस्ता घटनाहरू विगतमा पनि भई सकेकोले त्यसप्रति विभाग पहिले नै सचेत रहेको जानकारी दिएको छ ।

साथै विभागले नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरूलाई आफ्नो उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ प्रयोग गर्दा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आग्रह गरेको छ । 

‘नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरूलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल ÷ ग्लिसरोल ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथिलीन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै मिति २०७९÷०८÷१२ मा सूचना प्रकाशित गरिएको थियो । यस पश्चात मिति २०८२÷०४÷२१ मा ध्ज्इ कार्य कागजात वमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन भनि सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार