काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकका लागि अब आँखा उपचारमा विशेष छुटको सुविधा उपलब्ध भएको छ। यसका लागि बैंक र वीरगञ्जस्थित किरण आँखा अस्पतालबीच सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त अस्पतालमा आँखा उपचार गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले ओपीडी, डायग्नोस्टिक्स, शल्यक्रिया, ब्रान्डेड र ननब्रान्डेड अप्टिकल सेवा लिँदा यो छुटको लाभ लिन सक्नेछन्। छुट पाउनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मो बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया