हमासको कब्जाबाट नेपाली विद्यार्थी बिपिन जोशी जीवित रहेको नयाँ प्रमाण सार्वजनिक हुने तयारी

बुधबार, २२ असोज २०८२

काठमाडौं : हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशी जीवित रहेको नयाँ प्रमाण फेला परेको खबर बाहिरिएको छ। इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट अपहरण गरिएका जोशीको नयाँ भिडियो प्राप्त गरेको इजरायली दैनिक जेरुसेलम पोस्ट ले जनाएको छ।

यो भिडियो बुधबार बेलुकी सार्वजनिक गरि बन्धक परिवार फोरमले जनाएको छ। फोरमले जोशीको परिवारसँग उक्त भिडियोको प्रतिलिपि साझा गरिएको जानकारी पनि दिएको छ।

जोशी परिवारले एक विज्ञप्तिमार्फत भनेको छ, “गाजामा फेला परेको यो जीवनको प्रमाणले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिएको छ।”

बिपिन जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए र गत वर्ष अक्टोबरमा हमासले किबुत्ज आलुमिममा गरेको आक्रमणका क्रममा अपहरणमा परेका हुन्।

वाल स्ट्रिट जर्नल को नोभेम्बर २०२३ को रिपोर्ट अनुसार, जोशीले आक्रमणको बेला आफू बसेको आश्रयस्थलमा रहेका साथीहरूको ज्यान बचाउन साहसिक भूमिका खेलेका थिए। उनले फ्याँकेका ग्रेनेडमध्ये एक विस्फोट भएपछि पाँच जना साथी गम्भीर घाइते भएका थिए।

जेरुसेलम पोस्ट का अनुसार, जोशीलाई अपहरणपछि गाजास्थित शिफा अस्पतालमा राखिएको थियो। पछिल्ला महिनासम्म उनको अवस्थाबारे ठोस प्रमाण नआएको भए पनि यो नयाँ भिडियोले जोशी जीवित रहेको सम्भावना बलियो बनाएको बताइन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार