सुनसरीबाट दुई लाख साठी हजार बराबरका अवैध पटका बरामद

विहीबार, २३ असोज २०८२

इटहरी । सुनसरी जिल्लामा प्रहरीले विभिन्न स्थानमा छापामारेर करिब दुई लाख साठी हजार रुपैयाँ बराबरका अवैध पटका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २१, २२ र २३ गते विशेष सूचनाको आधारमा जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा पटकाहरू (आतसबाजी) लुकाई–छिपाई राखिएको अवस्थामा फेला परेको हो । प्रहरीले ती पटकाहरू कानुन बमोजिम बरामद गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रहरीले दशैं, तिहार लगायतका पर्वमा अवैध रूपमा आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाउन विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । यस्तै, प्रहरीले अवैध आतसबाजीले जनधनको क्षति र आगलागीको जोखिम हुने भएकाले यस किसिमका गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार