यस वर्षको मनसुन बाहिरियो

शुक्रबार, २४ असोज २०८२
सांकेतिक फाईल

काठमाडौं : यस वर्षको मनसुन नेपालका सबै भूभागबाट औपचारिक रूपमा समाप्त भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार (असोज २४ गते) देखि नेपालभर मनसुन पूर्ण रूपमा बहिर्गमन भएको हो।

विभागले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ,

“आज मिति २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ।”

यसअघि असोज २० गतेदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको केही पश्चिमी भागबाट मनसुनको बहिर्गमन सुरु भएको थियो।

सामान्यतया नेपालमा मनसुन जुन महिनाको दोस्रो सातातिर प्रवेश गरी सेप्टेम्बरको अन्त्य वा असोजको सुरुतिर बाहिरिने गर्दछ। तर, यस वर्ष मनसुन केही दिन ढिलो सकिएको विभागले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार