काठमाडौं । नेकपा (एमाले) भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने विषयमा तीव्र दबाब बढेको छ। हालै सम्पन्न सचिवालय बैठकमा अधिकांश नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने धारणा राखेपछि अध्यक्ष केपी शर्मा ओलीले “उहाँसँग म आफैं कुरा गर्छु” भनेका हुन्।
बैठकमा ओली प्रारम्भमा नवीकरणका पक्षमा नरहे पनि नेताहरूको जोडबलपछि उनले भेटेर छलफल गर्ने तयारी देखाएको सचिवालय स्रोतले जनाएको छ। यद्यपि ओलीले हालसम्म भण्डारीलाई भेट्नेबारे कुनै जानकारी दिएका छैनन्।
जेन–जी आन्दोलनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्व विवादबीच भण्डारीको सदस्यता नवीकरणको मुद्दा फेरि चर्किएको हो। एमालेले मंसिर २७ देखि २९ गते काठमाडौंमा ११औं महाधिवेशन गर्ने तयारी गरेको छ, जसअघि यो विषय पार्टीभित्र प्रमुख बहसको एजेन्डा बनेको छ।
प्रतिक्रिया