धरानमा 'श्रमदानमार्फत' बनाईएको भन्दै प्रचार गरिएको ड्रेन निर्माणमा नगरको २३ लाख बढी खर्च

सोमबार, १७ कार्तिक २०८२

धरानः नगर प्रमुख हर्कराज राई साम्पाङको पहलमा श्रमदानमार्फत निर्माण गरिएको भन्दै प्रचार गरिएको धरान–१० नारायणपथको ड्रेन निर्माणमा धरान उपमहानगरपालिकाकै रु.२३ लाख ८३ हजार ८६ रुपैयाँ ५८ पैसा खर्च भएको खुलेको छ।

 उपप्रमुख अइन्द्र विक्रम बेघाले सो निर्माण स्थलको अनुगमन गर्दै नगरपालिकाबाट खर्च भएको विस्तृत विवरण सार्वजनिक गरेका हुन।

उक्त विवरणअनुसार, ड्रेन निर्माणमा मिस्त्री खर्च ६९ हजार २ सय ४८ रुपैयाँ, सिमेन्ट खरिदमा ९ लाख ५९ हजार ९ सय ४१ रुपैयाँ ६९ पैसा, गिट्टीमा २ लाख ९९ हजार ७ सय १७ रुपैयाँ, बालुवामा १ लाख ५० हजार ३ सय २९ रुपैयाँ ४३ पैसा, रडमा ७ लाख ८१ हजार ६ सय २ रुपैयाँ, ढुंगा ढुवानी ट्याक्टर भाडामा ५६ हजार ५ सय ४९ रुपैयाँ ८८ पैसा तथा अन्य सामग्री (प्लाईबोर्ड, काठ, सेटिङ, व्याण्डिङ तार आदि) मा करिब ६० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

धरान–१० का वडाध्यक्ष विवेक राईका अनुसार ड्रेन निर्माणका लागि स्थानीय बासिन्दाले घरघरबाट रु.७ हजार रुपैयाँका दरले सहयोग गरेका थिए। उनले देशविदेशमा रहेका व्यक्तिहरूबाट पनि सहयोग रकम संकलन भएको जानकारी दिए, तर ती रकमको भने लेखाजोखा अझै सार्वजनिक गरिएको छैन। वडा अध्यक्ष राईले भने 

नगरपालिकाले यस निर्माण कार्यलाई ‘श्रमदान’ अभियानको रूपमा प्रचार गरे पनि, निर्माणमा ५६४ जना सहभागीहरूमध्ये कसैले ज्याला नलिए पनि ‘खाजा खर्च’ शीर्षकमा छुट्टै रकम खर्च भएको बताइएको छ तर त्यस्को पनि विवरण भने खुलाइएको छैन।

सो निर्माण स्थलको अनुगमनमा उपप्रमुख बेघासँगै योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, योजना शाखाका किरण भुजेल, इन्जिनियर तथा अमिनहरूको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार