चार उद्योगले विद्युत् बक्यौता तिरेपछि लाइन पुनः जडान

सोमबार, १७ कार्तिक २०८२

रुपन्देही : डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्दै आएका चार उद्योगले आफ्नो प्रिमियम महसुलको बक्यौता तिरेपछि नेपाल विद्युत् प्राधिकरणले उनीहरूलाई विद्युत् लाइन पुनः जडान गरेको छ।

भैरहवा क्षेत्रमा सञ्चालन हुने पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इन्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार (कात्तिक १७) बक्यौताको पहिलो किस्ता भुक्तानी गरेका हुन्। यसपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता तिरेका हुन्। बक्यौताको विवरण अनुसार पञ्चकन्या प्लाष्टिकले २४ लाख ६३ हजार, पञ्चकन्या स्टीलले ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले एक करोड ८३ लाख, र श्याम प्लास्टिकले ४९ लाख १० हजार रुपैयाँ तिरेको छ।

उद्योगहरूले पहिलो किस्ता तिरेसँगै विद्युत् आपूर्ति नियमित भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार