सुनसरीको इनरुवा ६ का वडाध्यक्ष सुमन थापा ‘शरीर अङ्गभङ्ग मुद्दा’मा पक्राउ

आइतबार, १६ कार्तिक २०८२

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् ।

‘शरीर अङ्गभङ्ग मुद्दा’मा पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि फरार रहेका थापा शनिवार राति इलाका प्रहरी कार्यालय पकलीको टोलीले पक्राउ गरेको हो।

थापाविरुद्ध जिल्ला अदालतले गत साउन २० गते नै पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी ‘कार्यवाहक जिम्मेवारी’ सदस्यलाई सुम्पेर फरार बनेका थिए।

२०८१ फागुन २२ गते थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कार र मोटरसाइकल प्र.१–०२–०४४प ७४२८ बिच ठक्कर भएको थियो। मोटरसाइकलमा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भइन्। उनी अहिले पनि अशक्त अवस्थामा छिन्।

पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि मात्रै मुद्दा अघि बढेको थियो। थापाले उपचार खर्च बेहोरेको र सहयोग गरेको दाबी गर्दै आएका छन्।

तर पीडित पक्षले भने राजनीतिक पहुँचमा केस दबाउने प्रयास भएको आरोप लगाउँदै आएका छन् ।

थापा पक्राउ परेपछि सुनसरी जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार