काठमाडौँ : डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी घोषणा गरेको छ ।
यस साझेदारीको क्रममा द ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका सिइओ सबिन महर्जन बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
जसमा, सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी (टीआइबीएसए)मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ ।
देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौँमा रहेको टीआइबीएसएले ब्युटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ । व्यवहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा सञ्चालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायीहरूलाई तयार पार्ने उद्देश्य राखेको छ ।
देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र टीआइबीएसएमा प्रशिक्षण सेवामा ३० प्रतिशत छुट प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि माइडिसहोम एप मार्फत उपलब्ध हुनेछ ।
छुट प्राप्त गर्ने तरिका
प्ले स्टोर वा एप स्टोरबाट माइडिसहोम एप डाउनलोड गरेर दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आइडी प्रयोग गरी लगइन गनपर्नेछ । होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो भर्चुअल कार्ड खोलेर कुनै पनि स्पा शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया