शिवसताक्षीमा ग्वालीमा आगलागी हुदाँ तीन लाख बराबरको क्षति

मंगलबार, २५ कार्तिक २०८२

झापा : झापाको शिवसताक्षी नगरपालिका–११ मा  आज दिउँसो आगलागी भएको छ। स्थानीय सन्तोष नेम्वाङको गाई बाँध्ने दुईतले ग्वालीमा राखिएको परालमा अन्दाजी ११ः४५ बजे आगो लाग्दा ग्वाली पूरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो लाग्ने कारण खुल्न बाँकी रहेको जिल्ला प्रह्रुी कार्यालय झापाले जनाएको छ । 

शिवसताक्षी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार