विराटनगर : विराटनगर महानगरपालिका–३ बरगाछीचोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कञ्चनवारीतर्फबाट भृकुटीचोकतर्फ आइरहेको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी कोईराला गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले आइतबार साँझ मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक उनका श्रीमान ५७ वर्षीय विमल कोईराला सामान्य घाइते भई कोशी अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया