झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ मंगलबारेस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
भञ्जयाङबाट मंगलबारेतर्फ जाँदै गरेको मे.१० प.११०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा बुद्धशान्ति–४ का २६ वर्षीय अभिषेक नेवार गम्भीर घाइते भएका थिए।
घाइते नेवारलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर मंसिर ३० गते राति ९ बजे उनका आफन्तले घर लैजाने निर्णय गरेपछि उनलाई घर ल्याइएकाे थियो। सोहीक्रममा आज बिहान घरमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाकाे अनुसन्धान तथा मुचुल्का कार्यका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुल राज गौतमको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया