बिराटनगर : प्रहरी कार्यालय रानीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई बुधवार पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका मोरङ केराबारी ७ निवासी ३१ वर्षीय रामबहादुर तामाङ, केराबारी ५ का ३३ वर्षीय मोहन राई र ३२ वर्षीय मिलन तामाङलाई इकाई प्रहरी कार्यालय रानीबाट प्रहरी हवलदार प्रभुनाथ प्रसाद चौहानको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगर–१६ अन्तर्गत चाइना मार्केट क्षेत्रमा चेक जाँच गर्ने क्रममा उनीहरूलाई बुधवार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका उनीहरूलाई शङ्कास्पद रूपमा प्रहरीले देखेपछि चेकजाँच गर्दा मिलन तामाङको का बिभिन्न किसिमका (३५ वटा चक्की) लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया