इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२५ सम्पन्न

शनिबार, २७ मंसिर २०८२

पोखरा । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ डिसेम्बर  १२ मा शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा भव्य रूपमा सम्पन्न गरेको छ।

समारोहमा स्नातक तह अन्तर्गत बिए (अनर्स) बिजनेस प्रशासन तथा बिएस्सी (अनर्स) कम्प्युटिङ कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका थिए। दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय र उल्लासमय उपस्थिति रहेको थियो।

इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले परम्पराअनुसार यस वर्ष पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ।

उक्त छात्रवृत्ति यस वर्ष मनिष धमलालाई प्रदान गरिएको हो। उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी अध्ययनलाई निरन्तरता दिनेछन्।

छात्रवृत्तिसँगै उनलाई इनोभेट नेपाल ग्रुप अन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यानुभव प्राप्त गर्ने अवसर पनि प्रदान गरिने कलेजले जनाएको छ।

ICP--Post-Graduate-Winner_11zon

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी लगायत शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले स्नातक विद्यार्थीहरूको सफल भविष्यको कामना गर्दै सीपमूलक तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको महत्वमा जोड दिएका थिए।

इन्फोरमेटिक्स कलेज पोखराले सूचना प्रविधि, व्यावसायिक प्रशासन तथा सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा विद्यार्थीलाई सक्षम बनाउने ज्ञान र सीप प्रदान गर्नु कलेजको प्रमुख प्रतिबद्धता रहेको कलेजले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार