काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको हो ।
अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै खत्रीले भने ।
हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरुले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे । गजुरेलले जेनजीहरुले गरेको ऐतिहासिक आन्दोलनको बलबाट बनेको सरकारले पुरानै सरकारले जस्तै भ्रष्टहरुलाई नै संरक्षरण गरेको आरोप लगाउँदै ‘सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प नभएको वताए ।
माधव ठकुरीले जेनजीले नै बनाएको सरकार उनीहरुले उठाएका मागकै विरुद्धमा भएकोले देशमा थप द्वन्द्व चर्किनेप्रति चिन्ता व्यक्त गरे । सरकार र जेनजी मिलेर देश बनाउनुको सट्टा उनीहरुबीच नै तिक्तता हुनु दुर्भाग्य भएको बताउँदै उनले ‘सुशीला सरकार भर्षेश मिराज जेनजी हुनु देश संकटतिर जानु जस्तै हो ।’
डा.शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकाले सरकारले माफी माग्नुपर्ने माग गरे । जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।
आइतबार अल जेन मुमेन्टले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर, जनक थापलाई प्रहरीले गिरफ्तार गरेर सिंहदरबार प्रहरी वृत्त अनामनगरमा लगेको थियो ।
प्रतिक्रिया