जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखकले आज पत्रकार सम्मेलन गर्दै

सोमबार, १४ पुस २०८२

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साझँ नै राजीनामा दिएका थिए । त्यसपछि भदौं २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरहरुमा सार्वजनिक तथा निजी सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार