साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दै

बुधबार, ०६ असार २०८०
काठमाडौं । साफ च्याम्पियनसिपको १४ औँ संस्करण आजदेखि भारतको बेंग्लोरमा हुँदै छ । पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न पौने चार बजेपछि सुरु हुनेछ । कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन् । साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो । नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४ - १ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार