आईसीसी विश्वकप छनोट : नेपालले वेस्ट इन्डिजको सामना गर्दै

विहीबार, ०७ असार २०८०
काठमाडौँ । नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो । यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार