मुख्यमन्त्री कप फुटबलको उपाधि इलामलाई

शनिबार, ०९ असार २०८०
विराटनगर । ओखलढुंगामा सम्पन्न कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबलको उपाधि इलामले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमा कब्जा जमाएको हो । उपाधिसँगै इलामले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता संखुवासभाले नगद एक लाख पुरस्कारसहित ट्रफी, मेडल पायो । फाइनल खेलको म्यान अफ दि म्याच इलामका पिकेश लोक्तामले पाए भने उत्कृष्ट गोलरक्षक मौसम मगर, उत्कृष्ट डिफेन्डर आयुष तिमिल्सिना, उत्कृष्ट स्ट्राईकर संखुवासभाका मन्दिप राई र बेस्ट कोच इलामका छिरिङ पासाङले पाए । धेरै गोलकर्ताको पुरस्कार ओखलढुंगाका सन्जय गुरुङ र म्यान अफ दि सिरिजको उपाधि इलामका विशाल तामाङले पाए । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाए । खेलको ५९, ७९ र ८४ औं मिनेटमा क्रमशः इलामका इलामका विशाल तामाङ, युवराज राई र विनोद धमलाले गोल गरेका थिए । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा असार ४ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । ताप्लेजुङबाहेक कोशी प्रदेशका १३ जिल्ला सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार