काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको हो । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले भनेको छ ।
सन्दीपले एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा मुद्दा चलेको हो । सन्दीप २०७९ भदौ ५ गते गौशालास्थित एक होटेलमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । एक किशोरीमाथि जबरजस्ती करणीको आरोप लागेपछि लामिछाने पक्राउ परेका थिए । जिल्ला अदालतले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थुनछेक आदेश दिएको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछाने पाटन उच्च अदालत गएका थिए, जहाँबाट उनी विदेश जान नपाउने शर्तसहित २० लाख धरौटीमा थुनामुक्त भएका थिए । शर्तसहित थुनामुक्त भएपछि लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिए ।
प्रतिक्रिया