काठमाडाै । एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् ।
खेल मलेसियाको राजधानी क्वालालम्पुरको बायुमास ओभलमा भइरहेको छ ।
समूह ‘ए’ को पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।
आजको खेल जिते नेपाल समूह विजेता बन्नेछ । मलेसिया पनि पहिलो खेलमा थाइल्यान्डलाई १ सय १८ रनले पराजित गरी सेमिफाइनलमा पुगेको छ ।
समूह ‘ए’ मा नेपाल, थाइल्यान्ड र मलेसिया तथा समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।
समूह ‘बी’ बाट सिंगापुर र हङकङबीच आज हुने खेलमा समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल खेल भोलि शनिवार हुनेछन् ।
प्रतिक्रिया