क्रिकेटका अग्रज श्रेष्ठको निधन

शनिबार, १३ साउन २०८०
विराटनगर । विराटनगर निवासी नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन भएको छ । श्रेष्ठ क्यानका सल्लाहकार समेत रहेका थिए । श्रेष्ठको शुक्रबार उपचारको क्रममा निधन भएको हो । उनले पुर्वमा क्रिकेट विकासमा  योगदान गरेका छन् । उनको काठमाडौंस्थित टिचिङ अस्पतालमा निधन भएको हो । उनका छोराहरु युनिल श्रेष्ठ र मन्जित श्रेष्ठ पनि पूर्व नेपाली क्रिक्रेटर हुन् । श्रेष्ठले आईसीसी लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार