विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको दुर्घटनामा २३ जना घाइते भएका छन्।
सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया २ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया