श्रीनिवासलाई कारबाहीका लागि धनुषा पुर्याइयो

विहीबार, १८ असोज २०८०
सुनसरी / सामाजिक सद्भावलाई खल्बल्याएको भन्दै पक्राउ परेका सुनसरी निवासी आचार्य श्री निवासलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय धनुषा पुर्याइएको छ । हिजो बिहाननै जिल्ला प्रहरी कार्यलय सुनसरीबाट धनुषा लगिएको भएपनी दिउसो पुर्याउदा धार्मिक सद्भाव भडकिने डरले  राती ९ बजे पछि मात्र धनुषा प्रहरी कार्यलय पुर्याइएको थियो । ७ दिन अघि जनकपुरमा हिन्दुबादीहरुले गरेको बिरोध कार्यक्रममा बोल्ने क्रममा उत्तेजित भएर खुकुरी प्रदर्शन गर्दै गौ हत्या गर्नेलाई छप्काउने धम्की दिएका थिए । उनका विरुद्धमा कसैले उजुरी नदिएपनी सामाजिक सद्भावलाई खलल पुर्याएको भन्दै प्रहरीले मंगलबार सुनसरी उनकै निवासबाट पक्राउ गरेको थियो । धनुषा प्रहरीले आजै सरकारी वकिलको सल्लाहमा उनलाई के कारबाही गर्ने भनेर निर्णय लिने जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रबक्ता रन्जन हवाले प्रदेश खवरलाई बताए । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ स्थित आश्रममा बस्दै आएका श्रीनिवास यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए । नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय आएका छन् । केहि समय अगाडि सुनसरीको धरानमा चलेको जातीय तथा धार्मिक विवादलाई पनि भड्काउन श्रीनिवासले प्रयास गरेका थिए । धरानमा चर्च र मन्दिरको विवादमा उनले चर्च भत्काउने धम्की दिएका थिए । तस्बिर: फाइल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार