सरकारले विराटनगर, मूलपानी र भरतपुर क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने

विहीबार, २३ कार्तिक २०८०
काठमाडौँ । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेटमा नेपाली खेलाडीहरुले गरेको राम्रो प्रदर्शनको गम्भीरतापूर्वक छलफल गरी मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘विराटनगर, मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भन्ने निर्णय भएको छ । अहिले क्रिकेटमा नेपाली खेलाडीले गरेको राम्रो प्रदर्शनका विषयमा गम्भीरतापूर्वक छलफल भएको छ ।’ उनले लामो समयदेखि निर्माणको काम अवरुद्ध भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण परियोजना अघि बढाउने पनि निर्णय गरेको जानकारी दिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार