रास्वपाले गठन गर्‍यो १२ सदस्यीय सचिवालय, स्वर्णिम वाग्ले उपसभापति

बुधबार, १३ मंसिर २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय गठन गरेको छ । उक्त पार्टीको जलेश्वरमा जारी संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ ।  यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ । १. सभापति – रवि लामिछाने २. उपसभापति – डीपी अर्याल ३. उपसभापति – डा. स्वर्णिम वाग्ले ४. महामन्त्री – डा. मुकुल ढकाल ५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी ६. सहमहामन्त्री – सुमना श्रेष्ठ ७. सहमहामन्त्री – विपिन आचार्य ८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ ९. प्रमुख सचेतक – सन्तोष परियार १०. कोषाध्यक्ष – लिमा अधिकारी ११. सहकोषाध्यक्ष – बसु माया तामाङ १२. सहकोषाध्यक्ष – दीपक बोहोरा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार