१) भ्रष्टाचारमा संलग्नतास् शक्तिशाली राजनीतिक पार्टीको नेतृत्व ,मन्त्री, सचिव भएका ब्याक्तिहरु र निजका पति पत्नी ,छोराछोरी, सल्लाहकार तथा स्वकीय समेत गम्भीर प्रकृतिका भ्रष्टाचारमा मुछिएका र तत समयका प्रधानमन्त्री समेत ललिता निवास, गिरि बन्धु टी स्टेट जस्ता काण्डहरूमा नीतिगत भ्रष्ट्राचार गरेको निजहरू प्रधानमन्त्री भएको कार्यकालमा भएको मन्त्रिपरिषद्को निर्णयले पुष्टि गरेको छ। राज्यको नेतृत्वदायी भूमिकामा रहेका ब्याक्तिहरुले गरेको यस्ता अनियमित कार्यहरूले राजनीतिक नेतृत्वको आचरण भ्रष्टचारउन्मुख भएको र निजहरू सबै कानुनी कारबाहीको दायरामा नआएको ले दण्डहीनता समेत सँगै जुम्ल्याहा भाइको रूपमा बढेको छ। २)सङ्घीयताको मर्म विरोध सङ्घीयताको मर्म अनुरूप राज्यको पुनर्संरचना नगर्नु, सङ्घीयता प्रति आमजनताको अपनत्व भाव सृजना गर्न नसक्नु ,अधुरो सङ्घीयताको पनि प्रशासनिक सङ्घीयता कार्यान्वयन नगर्नुको अर्थ हुन्छ सङ्घीयता प्रति वितृष्णता सृजना गर्दै लैजानु र अन्तमा कुनै बहानामा खारेज गर्नु।बर्तमानमा मुलुकले अङ्गीकार गरेको सङ्घीयता ले यस्तै नियति भोग्नु पर्ने प्रस्ट देखिन्छ। ३) अपारदर्शी र अपवित्र सांठगांठः विदेशी मुलुकको खुफिया विभागको प्रमुख र मुलुकको कार्यकारीको बिचमा प्रमुखकै सरकारी निवासमा कूटनीतिक मर्यादा विपरीत अपारदर्शी ढङ्गले भएको भेटघाटमा सङ्घीयता ,गणतन्त्र र धर्मनिरपेक्षता अफावसिद्ध हुँदै गएको हुदा पुनर्विचार गर्नुपर्ने सवालमा छलफल भएको सूचना बाहिर चुहिन्छ । पूर्व प्रधानमन्त्रीद्वारा संयुक्त विज्ञप्ति जारी हुन्छ। तर यथार्थ कुरा जनसमक्ष ल्याइँदैन।यस्तो राजनीतिक आचरणले मूल नेतृत्वले क्रमशः जनविश्वास गुमाउँदै गएको छ। ४) गैर लोकतान्त्रिकस् नेपाली जनताले चौथो पुस्ताको समुन्नत लोकतन्त्र चाहेका थिए।दलतन्त्र र त्यस भित्रको निर्मम गुटतन्त्र चाहेका थिएनन्।तर दुर्भाग्य चाहेको पाएनन् नचाएको नियति विवशताका साथ भोग्नु परेको छ। ५)डेमागग प्रवृत्ति प्रजातान्त्रिक प्रक्रिया द्वारा निर्वाचित भई राज्य सञ्चालनको तहमा पुग्ने र त्यस पछि साम, दाम ,दण्ड, भेद जस्ता हर्कत प्रयोग गरी सत्तामा टिकिरहने तथा निरङ्कुशता तर्फ उन्मुख हुने प्रवृत्ति डेमागग हो। पार्टीको प्रमुख भई रहने वा जसरी हुन्छ मुलुकको कार्यकारी प्रमुखमा पुग्ने र टिकिरहने प्रवृत्ति आम नेतृत्वको आचरण बन्दै गएको छ।भारतका पिता भनिने महात्मा गांन्धि, आधुनिक चीनका निर्माता देङ साओपिङ्ग कहिल्यै पनि सत्तामा गएनन्।गणेशमान सिंहले प्रधानमन्त्री अस्वीकार गरेका थिए। ६) अयुधाजिविको बाहुल्यतास् प्रारम्भमा भाडाका सैनिकहरूलाई अयुधाजिवि भनिन्थ्यो।जो पारिश्रमिकको लागि अरू को स्वार्थ पुरागरि दिन लडिदिन्थ्यो। आज राजनीतिक दलका अधिकांश कार्यकर्ता यसरी नै अमुक दल र नेताको स्वार्थ पूर्तिको लागि केही पाउने आसामा हो, हो ,जिन्दाबाद,जिन्दाबाद भन्दै कृत्रिम कार्यकर्ताको रूपमा लागि परेका छन्। सही कार्यकर्ताहरू भूमिका विहीन बन्दै गएका छन्। ७)आत्मबन्चनाः नेतृत्वले आफ्नो निहित स्वार्थ पुरा गर्नको लागि गरेको कामको औचित्य पुष्टि गर्नको लागि अनावश्यक र असान्दर्भिक कारणको खोजी गर्ने र बाहानावाजि गर्ने प्रवृत्ति राम्रो होइन।वर्तमान राजनीतिक नेतृत्वको आचरण एउटा साझा विशेषता बन्दै गएको छ। ८) दृष्टिकोण विहिनताः वर्तमानमा मुलुकको समग्र अवस्था कस्तो छ रु निश्चित अवधि भित्र के कस्तो सुधार गर्न आवश्यक। त्यसबिचको ग्याप कति छ रु त्यो ग्याप लाई कसरी पुरा गर्ने हो भन्ने जस्ता दृष्टिकोण दलका नेताहरूमा पाइँदैन।मुलुक अधोगति तर्फ जानु एउटा प्रमुख कारण नेतृत्वको दृष्टिकोण विहीनता हो। ९) रोमान्टिक, इमोशनल र गफाडी प्रवृत्ति यस्तो प्रवृत्तिमा कसले बाजि मार्ने भने जस्तै गरी राजनीतिक नेतृत्वमा होडबाजी चलेको छ।श्रोता ले मनोरञ्जनको लागि जादु, सर्कस, सिनेमा, नाटक हेर्नु पर्दैन । चुट्किला सुन्नु पर्दैन।यसरी मूल नेतृत्वको आचरण दिनानुदिन ह्रास हुँदै गएको छ।विज्ञहरू सँगको परामर्श, सृजनात्मक चिन्तन समाप्त हुँदै गएको छ।पदेन विज्ञताले मुलुक लाई ओरालो तर्फ लगिरहेको छ। १०) प्रियतावादस् अमेरिकी राजनीतिक अर्थशास्त्री फ्रान्स फुकुयाका अनुसार प्रियतावाद एउटा राजनीतिक समस्या हो।जुन समस्या नेपालमा पनि नयाँ भनिने दलहरू मार्फत प्रवेश गरेको छ।अरूको चर्को विरोध गर्ने, तर आफ पनि समस्याको समाधान दिन नसक्ने र अन्न राज्यको तलब भत्ता खाएर बस्ने भन्दा बाहेक केही नगर्ने प्रवृत्ति उनीहरुमा देखिएको छ।राजनीतिक नेतृत्व सँग कम्तीमा अर्थ राजनीति ,प्रशासनिक र परराष्ट्र सम्बन्धी चिन्तन र दृष्टिकोण हुनु पर्दछ। मुलुकको मूल राजनीतिक नेतृत्वको आचरणको मूल प्रवृत्ति यस्तो रहेको हुदा यिनीहरूबाट मुलुकको रूपान्तरण सम्भव देखिँदैन।मुलुकको रूपान्तरणको लागि राजनीतिक नेतृत्वको आचरणमा परिवर्तन आउनु पर्छ। जुन असंभवप्राय देखिन्छ।अपेक्षा राख्नु पनि निरर्थक हुन्छ।किनकि छिप्पिएको पुच्छर ढुङ्ग्रामा हाले पनि सिधा हुँदैन।वर्तमानमा हुने गुणात्मक परिवर्तन नै रूपान्तरण हो।वस्तुको आकार, प्रकार, रङ्ग जस्ता सतही पक्षमा आउने फेरबदल परिवर्तन हो भने वस्तुको मूल प्रकृतिमा आउने फेरबदल रूपान्तरण हो । परिवर्तन मात्रात्मक हुन्छ भने रूपान्तरण गुणात्मक हुन्छ। आज नेपाली समाज लाई परिवर्तनको हैन रूपान्तरणको खाँचो छ।उदयमान भविष्य अनन्त सम्भावनाहरू को भण्डार हो। तर अनन्त सम्भावनाहरू देख्न र त्यस तर्फ लम्कन को लागि सङ्क्रमण, द्विविधा र परिवर्तनको पुर्वसंध्यामा दृष्टिकोण निर्माण गर्ने प्रश्न सर्वाधिक महत्त्वपूर्ण हुन्छ।
ठोस स्थितिको ठोस विश्लेषण गर्नु नै विज्ञानको आत्मा हो ।मानिस स्वभावैले राजनीतिक प्राणी हो।मानिसमा चेतनाको साथै विवेक हुन्छ।विवेक भएको कारणले सही र गलत छुट्टाउने सामर्थ्य राख्दछ।वस्तुगत परिस्थितिको कुल योगनै परिवर्तनशील परिस्थिति हो।जस लाई क्रान्तिकारी परिस्थिति पनि भनिन्छ।तर सबै क्रान्तिकारी परिस्थितिले क्रान्तिको पैदा गर्दैन।जसको लागि क्रान्तिकारी बिचारले लेस भएको नेतृत्व हुनु पर्दछ। अबको बाटो भनेको अनिकालमा परेको मानिसले कि भोकै मर्नु पर्छ कि बेसाहा खोज्नु पर्छ भने जस्तै अब सचेत नागरिकले कि यथास्थितिको सिकार बनिरहनु पर्छ कि विकल्प खोज्नु पर्छ। त्यस्तो विकल्प पश्चगामी हैन अग्रगामी हुनु पर्दछ।वर्तमान विश्व व्यवस्थाको सापेक्षतामा हेर्ने हो भने अब परिवर्तनले मात्र जनअपेक्षा पुरा हुन सक्दैन ।सामाजिक रुपान्तरणनै हुन आवश्यक छ। शासकहरू पुरानो ढङ्गले चल्न र रहन असमर्थ बन्दै जानु ,उत्पीडित जनसमुदायहरूको दुःख र अभाव विगत भन्दा चर्को र कठिन बन्दै जानु र नागरिकहरूको क्रियाशीलतामा वृद्धि हुँदै जानु समाज रूपान्तरणको पूर्व सन्ध्याका सङ्केतहरू हुन। रूपान्तरण कुनै नौलो र आकस्मिक परिघटना भने हैन।रूपान्तरण सर्वकालिन ,विश्वव्यापी र अनवरत रूपमा चल्ने प्रक्रिया हो ।जुन परम्परागत सिस्टम बाट सम्भव छैन।
भिजनबाट मात्र सम्भव छ।अर्थशास्त्रमा नोवल पुरस्कार विजेता भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजित वनर्जिले समाज परिवर्तनका तिन बाधक तत्त्व भनी परम्परागत आईडोलोजि ,दृष्टिकोण विहीनता वा इग्नोरेन्स र यथास्थितिमा रमाउने प्रवृत्ति इनर्सिया लाई औलाएका छन्।जुन नेपाली समाजमा पनि विद्यमान र सान्दर्भिक देखिन्छ।जुन प्रवृत्ति पुराना दल र तिनले सञ्चालन गरेको बृद्धतन्त्र र नव प्रियतावादिहरु मा देखिन्छ।समाज रूपान्तरण यस्ता बाधक तत्त्वहरू को मुक्तिबाट र विकल्पको पहिचान र खोजी बाट मात्र गर्न सकिन्छ।
प्रतिक्रिया