पदाधिकारीलाई हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित

शनिबार, २१ पुस २०८०
गोरखा । पदाधिकारी माथी हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका कर्मचारी सुवास घिमिरे निलम्बनमा परेका छन् । रेडक्रस सोसाइटी गोरखाका कोषाध्यक्ष ज्ञानहरी अर्याललाई कार्यालयमै अरु पदाधिकारी अगाडी हातपात गरेपछि रेडक्रस गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो । सभापति यदु बिलास भट्टराईको अध्यक्षतामा शुक्रवार बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारी सुवास घिमिरेले गत सोमवार कार्यालयमा सभापतिसहित अन्य पदाधिकारीकै अगाडी आफूले भने बमोजिम चेक नकाटेको भन्दै कोषाध्यक्ष अर्यालमाथि हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ । केही महिना अघि रेडक्रसको एम्वुलेन्स प्रक्रिया नै पूरा नगरी आफूखुशी कवाडीमा विक्री गरेको र रेडक्रसका कार्यक्रमहरु पनि उनले अपारदर्शी ढंगले आफू अनुकुल सञ्चालन गरेको आरोप कर्मचारी घिमिरेमाथि लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार