चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

विहीबार, २६ पुस २०८०
बर्दिया । बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो । सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले अ‍ेढेको ब्लाङ्केट सल्किएपछि उनी घाईते भएकी थिइन् । बुधबार दिउँसो साढे तिन बजे घाईते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उनको मृत्यु आज विहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार