प्रधानमन्त्री एकदिवसीय क्रिकेट : कोशीलाई हराउँदै आर्मी विजयी

विहीबार, ०४ माघ २०८०
काठमाडौं  । प्रधानमन्त्रीकप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रियोगितामा विभागिय क्लब त्रिभुवन आर्मीले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा कोसी प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गर्‍याे। कोसीको भने यो लगातार चौंथो हार हो। टस हारेर पहिले ब्याटिङ गरेको कोसी २४.४ ओभरमा ८८ रनमा समेटियो। उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। कोसीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका शाहव आलमले कसिलो बलिङ गर। ६.४ ओभर बलिङ गरेका आलमले १४ रन खर्चिएर ३ मेडन फाल्दै ६ विकेट लिए। त्यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले समान १-१ विकेट लिए। ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍याे। आर्मीको जितमा इम्रान शेख र सन्तोष कार्कीले समान ३२ रन बनाउँदा कुशल मल्लले २२ रनको नटआउट इनिङ खेले। कोसीका लागि सुजन थपलियाले १ विकेट लिएका थिए। यसअघि आर्मीले पहिलो खेलमा मधेसलाई हराएको थियो भने दोस्रो खेलमा बागमतीसँग हारेको थियाे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार