इलाम माघ / भोलीबाट इलाम सदरमुकाममा हुने प्रथम ‘इलाम गोल्ड कप’ को तयारी पुरा भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा भोलीदेखि देखि १३ सम्म सञ्चालन हुने गोल्ड कपको तयारी पुरा भएको हो ।
प्रतियोगिता सञ्चालनका लागि प्याराफिट निर्माण, मैदान मर्मत तथा आवश्यक अन्य तयारी पुरा भएको आयोजक समिति सदस्य तथा टीम ब्यवस्थापन समिति संयोजक निरोज खड्गीले बताए । उनका अनुसार भारतको एक सहित नेपालका गरी आठवटा टीमको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टिम मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ बिच प्रतिस्पर्धा हुने छ ।
आयोजक समितिका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम (एनआरटी) काठमाडौँसहित बिर्तामोड युनाइटेड, बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, बाग्मती युवा क्लब सर्लाही, राष्ट्रिय जागृति क्लब इटहरी, आयोजक रेड हर्ष फुटबल क्लब र छिमेकी देश भारतको विदेशी टिम मानेभञ्ज्याङ फुटबल क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने आयोजक रेड हर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मीड फिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।
इलाममा यस अघि माई भ्याली गोल्ड कप समेत सञ्चालन हुँदै आएको थियो । माई भ्याली गोल्ड कप नभएपछि इलाम गोल्ड कप हुन लागेको हो । पहाडी जिल्लामा छोटो समयमा दुई वटा प्रतियोगिता गर्न नसकिने भएपछि माई भ्यालीले आयोजना गर्ने प्रतियोगिता स्थगित गरेर इलाम गोल्ड कपलाई नै सहयोग गर्ने माई भ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताए ।
छैटौँ संस्करण भएर स्थगित भएको माई भ्याली पुन समय मिलाएर सातौँ संस्करण गरिने जनाइएको छ ।
प्रतिक्रिया