इलाम गोल्ड कप : उद्घाटन खेलमा भारतको मानेभन्ज्याङ र आयोजक भिड्ने

शनिबार, ०६ माघ २०८०
इलाम / आजबाट इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्ड कप’ सुरु हुँदै छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आज देखी १३ गते सम्म गोल्ड कप हुने भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टिम मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता दिउसो दुईवजे पछि हुने आयोजकले जानकारी दिएको छ । आयोजक समितिका सदस्य एवम् टिम व्यवस्थापन संयोजक निरोज खड्गीका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम ९एनआरटी० काठमाडौँसहित बिर्तामोड युनाइटेड, बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, बाग्मती युवा क्लब सर्लाही, राष्ट्रिय जागृति क्लब इटहरी, आयोजक रेड हर्ष फुटबल क्लब र छिमेकी देश भारतको विदेशी टिम मानेभञ्ज्याङ फुटबल क्लबको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनका लागि प्याराफिट निर्माण, मैदान मर्मत तथा आवश्यक अन्य तयारी पुरा भएको छ । भारतको एक सहित नेपालका गरी आठ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टिमले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने आयोजक रेड हर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मीड फिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार