इलाम गोल्ड कप : जागृति क्लबलाई पराजित बिर्तामोड सेमिफाइनलमा

आइतबार, ०७ माघ २०८०
इलाम माघ / इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्ड कप फुटबल प्रतियोगिता बिर्तामोड युनाईटेड झापा सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लब इटहरीलाई तीन९शून्यले पछि पार्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा बिर्तामोड युनाईटेडका हिसुव थपलियाले खेलको ३७ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औँ मिनेटमा थपलियाले नै थप एक गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । उनले दोस्रो हाफ पछिको ८६ औँ मिनेटमा गोल गरेका थिए । आजको खेलको म्यानअफ दि म्याच हिसुव थपलिया घोषित भए । उनले नगद पाँच हजार सहित नगद पाँच हजार र ट्रफी पाएका थिए । उनलाई प्रमुख अतिथि तथा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) ले पुरस्कार प्रदान गरे । भोली सोमबारको खेल एनआरटी काडमाण्डौं र बागमती युवा क्लब सर्लाही बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल १३ गते हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार