विराट गोल्डकप फुटबलको तयारी सुरू

सोमबार, ०८ माघ २०८०
विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको विराटनगरमा सञ्चालन हुने ‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी सुरु भएको छ । माघ १५ गते हुने विराट गोल्डकप ट्रष्टको अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको तयारी पनि अघि बढाइने भएको हो । ट्रष्टका उपाध्यक्ष किशोर शाहीले आगामी माघ १५ गतेको अधिवेशनले गोल्डकपको तयारी थाल्ने जनाए । २०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट विराटनगरमा फुटबल प्रतियोगिता हुँदै आएको थियो । गणतन्त्र स्थापनासँगै २०६७ सालमा यसको नामसहित विधान मस्यौदा गरिएको थियो । त्यसपछि २०६७ सालदेखि विराट गोल्डकप ट्रष्टको नाममा प्रतियोगिता सुरु हुन थालेको थियो । गत सिजनको सातौं संस्करणको नेतृत्व विराटनगर महानगरपालिकाले लिएको थियो । गत संस्करणमा उपाधि विजेता बनेको आयोजक विराटनगरले २० लाख १५ हजार रुपैयाँ नगद पुरस्कार पाएको थियो । उपविजेता लुका सकरले १० लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार