प्रथम एनआरएनए इलाम गोल्ड - ट्राइब्रेकर मार्फत एनआरटी सेमिफाइनलमा

सोमबार, ०८ माघ २०८०
इलाम  - इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्ड कपमा न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई ट्राइब्रेकर ४–३ गोल अन्तरले पाखा लगाउँदै एनआरटीले सेमिफाइनलको यात्रा पक्का गरेको हो । निर्धारित समय ९९ मिनेट र अतिरिक्त ९१५ मिनेटको समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा नतिजा लिइएको थियो । सनम लिम्बू, सरोज तामाङ, सूमित श्रेष्ठ र जय गुरुङले एनआरटीका तर्फबाट गोल गरे । उता बाग्मतीका कप्तान दावा गुरुङको प्रहार एनआरटीका गोलकिपर य्भेस प्रिसोले उत्कृष्ट बचाउ गरे । निर्मल घिसिङको प्रहार गोल पोस्ट माथिबाट गयो । आयुस राना मगर, विमल घिसिङ र अभिषेक महतोको प्रहारले जाली चुमाए पनि जितका लागि पर्याप्त थिएन । जितसँगै एनआरटीले बुधवार हुने पहिलो सेमिफाइनलमा आयोजक रेड हर्ष फुटबल क्लब इलामसँगको भेट पक्का गरेको छ । रेड हर्षले पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० ले रोक्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । खेलको म्यान अफ द म्याच उपविजेता बाग्मतीका आयुस राना मगर घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । मङ्गलवार अन्तिम क्वार्टर फाइनलमा पाँचथर फुटबल क्लब र लुम्बिनी फुटबल क्लब बुटवलबिच प्रतिस्पर्धा हुने आयोजक रेड हर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए । रेड हर्ष फुटबल क्लब इलामको आयोजनामा जारी गोल्ड कपमा भारतको एक टिमसहित ८ टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार