निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । समय अभावका कारण सोझै आयोजकले टाइब्रेकरबाट नतिजा लिएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएको थियो ।
एनआरटीले १३ गते शनिवार उपाधिका लागि बिहीबार हुने पाँचथर फुटबल क्लब र बिर्तामोड युनाइटेड क्लब झापाबिचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
खेलको म्यान अफ द म्याच विजेता एनआरटीका गोलकिपर थेभ्स प्रिसो घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
रेड हर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहि
त ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकपको फाइनल माघ १३ गते शनिवार हुनेछ ।
प्रतिक्रिया