पाँचथर / पाँचथर गोल्ड कपको चौथो संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधवार फिदिममा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।
करिब चार बर्सपछि गोल्ड कपको चौथो संस्करण हुने भएको हो । २०७६ को चैतमा तेस्रो संस्करण सञ्चालन भएको थियो ।
प्रतियोगिता फाल्गुन १९ गते सम्म सञ्चालन हुने आयोजक क्लबका सचिव योगराज सेढाइले बताए । ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तर्राष्ट्रिय टिम पनि समावेश हुने बताइएको छ ।
प्रतियोगितामा एक टिम आयोजकको रहनेछ । प्रतियोगितामा सहभागी टिमहरूको टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ ।
विजेताले टिमले नगद ५ लाख ५ हजार, दोस्रो हुने टिमले दुई लाख २२ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।
सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने छ ।
प्रतिक्रिया