इलाम गोल्ड कप : उपाधिका लागि झापा र एनआरटी काठमाडौँ भिड्ने

शुक्रबार, १२ माघ २०८०
इलाम : ‘प्रथम इलाम गोल्ड कप’ को फाइनलमा झापाको बिर्तामोड युनाइटेड र एनआरटी काठमाडौँ उपाधिका लागि भिड्ने पक्का भएको छ । दुवै टिमले सेमिफाइनलबाट जित निकाल्दै फाइनलको यात्रा तय गरेका हुन् । पाँचथरलाई टाइब्रेकरमा ४९२ गोल अन्तरले झापा विजयी हुँदै फाइनल प्रवेश गरेको हो । उता आयोजक रेड हर्ष फुटबल क्लबलाई पाखा लगाउँदै एनआरटीले फाइनलको यात्रा तय गरेको हो । फाइलन खेल माघ १३ गते हुनेछ । प्रतियोगिता रेड हर्ष फुटबल क्लब इलामले आयोजना गरेको हो । गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता रहेको आयोजक रेड हर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे यल्मुले बताए । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद पाँच हजार पुरस्कार पाउनेछन् । गएको शनिवार देखी सुरु भएको प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको छ । आयोजकले फाइनल हेर्नकै लागि पनि १० हजार बढी दर्शक अट्ने प्याराफिट निर्माण गरेको आयोजक क्लबका सचिव प्रकाश घिमिरेले बताए । दर्शक १० हजार भन्दा माथि हुने आयोजकले अपेक्षा लिएको छ । यस अघिका प्रतियोगितामा समेत दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको थियो । अझ फाइनलमा दर्शकको सङ्ख्या बढ्ने गरेको थियो । सोही अनुसार यस पटक समेत दर्शक सङ्ख्या बढ्ने अपेक्षा रहेको आयोजक समितिका सदस्य तथा टिम व्यवस्थापन समिति संयोजक निरोज खड्गीले बताए । इलाममा खेल पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा सहित आयोजना गरिएको प्रतियोगिता खेल हेर्नकै लागि गाउँ गाउँबाट र छिमेकी जिल्लाहरूबाट समेत दर्शक भित्रिएको बताइएको छ ।   बाँसको प्याराफिटबाट खेल नियाल्दै संघिय सांसद महेश बस्नेत लगायत दर्शकहरु    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार