क्यानडा । क्यानडाको राष्ट्रिय क्रिकेट टिमलाई एन आर एन ए क्यानडा सहित एघार नेपाली समाजले नेपाली ढाका टोपी लगाएर बिदाइ गरेको छ ।
क्यानले २०२४ को वार्षिक क्यालेन्डर अनुसार नेपालले फेब्रुअरीको पहिलो साता क्यानडासँगको एक दिवसीय सिरिज खेल्ने तालिका अनुसार क्यानडा राष्ट्रिय क्रिकेट टिम नेपाल भ्रमणमा आउने क्रममा यो कार्यक्रम आयोजना गरिएको जानकारी गैरआबसिय नेपाली सङ्घ (एन आर एन ए )क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले जानकारी गराए।
एन आर एन ए क्यानडा सहित नेपलिज कमिनीटि नेटवर्क अफ क्यानडा,लालीगुराँस स्पोर्टस क्लब,नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटी,नेपाल हाउस,क्यानडा नेपाल फ्रेन्डसीप एन्ड कल्चरल सोसाइटी ,टोरन्टो नेपलिज स्पोर्टस क्लब,फेडेरेसन अफ क्यानडा नेपाल च्यामबर अफ कमर्स, चितवन सोसाइटी क्यानडा,नेपलिज क्यानेडियन हेरिटेज सेन्टर,क्यानेडियन नेवारी गुठीहरु एघार नेपाली समाजहरूको आयोजनामा कार्यक्रम आयोजना भएको थियो ।
" नेपाल भ्रमणमा जान लागेको क्यानडा राष्ट्रिय क्रिकेट टिमलाई शुभ यात्रा व्यक्त गर्दै नेपाल भ्रमणमा क्रिकेट मात्र नभई नेपाली संस्कृति ,प्राकृतिक रमणीय ठाउँहरूलाई पनि आत्मसाथ गर्दै यात्रा सुखमय रहनेछ भन्ने आशा राखेका छौ" एनआरएनए क्यानडाका सचिव विनोद कोइरालाले भने ।
कार्यक्रममा कार्य्रक्रमका सभापति किरोज श्रेष्ठ, प्रमुख अतिथि क्रिकेट क्यानडा अध्यक्ष राजपाल बजुवा , विशेष अतिथि नेपाल क्यानडा संसद् मैत्री समूहका अध्यक्ष सोनिया सिद्दू,संसद् सदस्य महेन्द्र सिद्दू , नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोजिना ताम्राकार,क्रिकेट क्यानडाका महासचिव फराह खान ,क्रिकेट क्यानडाका निर्देशक सलमान खान त्यसै गरी अतिथिहरूमा लालीगुराँस स्पोर्टस क्लबबाट भूमि घिमिरे,नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटीबाट मुक्ति पौडेल,नेसनल ब्लड डोनर एसोसिएसनबाट लीलानाथ पाण्डे ,नमस्ते रेडियोका सीईओ अनिल थापा साथसाथै नेपाली समाजका प्रतिनिधिहरू ,पत्रकारहरूको उपस्थिति रहेको थियो ।
स्पेरेन्जा व्यान्कवेट हल ब्राम्पटनमा भएको कार्यक्रमको सञ्चालन एन आर एन ए क्यानडाका युवा संयोजक प्रतीक भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य एन आर एन ए क्यानडाका महासचिव चन्दा अधिकारीले गरेका थिए।
प्रतिक्रिया