१२ औँ १० के रनमा जनप्रनिधिहरुको छुट्टै प्रतिस्पर्धा गराइने

विहीबार, १८ माघ २०८०
धरान । १२ औँ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरूको छुट्टै प्रतिस्पर्धा गराइने भएको छ । स्वास्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरू आफै पनि स्वास्थ्य रहनु पर्छ भन्ने सन्देश दिनलाई यस पटक देखि जनप्रतिनिधिहरूको पनि छुट्टै प्रतिस्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोष राईले जानकारी गराए । एकै समूहमा रनमा सहभागी भए पनि जनप्रतिनिधिहरूको छुट्टै नतिजा निकालिने छ । जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफिको व्यवस्था सँगै विजेता खेलाडीलाई समेत विशेष पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाको छ । धरान उपमहानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य गरी एक सय २ जना जनप्रतिनिधिहरू छन् । मेयर, उपमेयर र वडाध्यक्षलाई निःशुल्क फर्म उपलब्ध गराइनेछ भने वडा सदस्यहरूले भने सशुल्क फर्म भर्न पर्नेछ । फर्म भरे बापत सम्पूर्ण सहभागीहरूलाई टिसर्ट, टाइम चिफ, मेडल, प्रमाणपत्र, पानी र जुस आयोजकले उपलब्ध गराउने छ । “स्वच्छ धरान, स्वास्थ्य धरान” नाराका साथ धरान रन समूह २०६७ सालमा स्थापना भएको हो भने आधिकारिक रूपमा २०६८ सालमा दर्ता भई नेवा रन प्रतियोगिताको सुरुवात गरेका हुन । धरान रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि.मि. च्यारिटि रन गराउँदै आइरहेको छ । धरान रनको आयोजनामा फागुन १२ गते सम्पन्न हुन लागेको १२ औ नेवाच्यारिटि १० के रनमा चार हजार जनाले सहभागिता जनाउने आयोजक धरान रनका अध्यक्ष रोमु राईले जानकारी गराए । रनमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरूले सहभागिता जनाउने छ । दौड प्रतिस्पर्धामा खुला तर्फका महिला पुरुष विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसै गरी १२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । ६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत साल ३ हजार ५ जना धावकधाविकाहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार