इलाम / इलाको माई नगरपालिका प्रथम देउमाई कपको दोस्रो चरणमा प्रवेश गरेको छ । देउमाई स्पोटिङ क्लब मङ्गलबारेले आयोजना गरेको प्रथम अन्तरपालिका स्तरीय देउमाई कपमा देउमाई नगरपालिकालाई एकका विरुद्ध दुई गोल गर्दै माई नगरपालिकाले दोस्रो चरणको यात्रा पक्का गरेको हो ।
खेलको ३१ औँ मिनेटमा माईको तर्फबाट सुगम सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जतिकालागि मध्यान्तर पछि ७० औँ मिनेटमा माईका तर्फबाट पुन अर्को गोल मनबहादुर मगरले गरेका थिए ।
देउमाई नगरपालिकाका तर्फबाट सान्त्वना गोल मध्यान्तरपछिको ६७ औँ मिनेटमा रबीन मगरले गरेका थिए ।
खेलको म्यान अफ दि म्याच माईका गोल गर्ने खेलाडी मनबहादुर मगर घोषित भए । उनलाई नगद दुई हजार सहित ट्रफी प्रदान गरिएको थियो ।
आइतबार दुई खेल हुनेछन् । मध्यान्न १२ बजे पहिलो खेल माङ्सेबुङ र सन्दकपुर गाउँपालिकाबिच हुने छ । दोस्रो खेल दिउसो दुई बजे माईजोगमाई गाउँपालिका र इलाम नगरपालिका बिच हुने देउमाई स्पोटिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ । प्रथम हुने टिमले नगद दुई लाख पाउने छ भने दोस्रो हुने टिमले एक लाख नगद पाउने छ ।
प्रतिक्रिया