देउमाई कप : इलाम र सन्दकपुर सेमिफाइनलमा प्रवेश 

मंगलबार, २३ माघ २०८०
इलाम, माघ : इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलवार भएको खेलमा रोङ गाउँपालिकाको टिमलाई दुईका विरुद्ध चार गोल गर्दै सन्दकपुर गाउँपालिकाले सेमिफाइनलको यात्रा पक्का गरेको हो । जितका लागि सुमन धमलाले ह्याट्रिक गरेका थिए । प्रतियोगिताकै यो पहिलो ह्याट्रिक समेत हो । उनले खेलको आठ, ६४ र ६८ मिनेटमा गोल गरेका थिए । रोङ गाउँपालिकाका तर्फबाट दुई गोल पूजन राईले खेलको १४ र ४७ मिनेटमा गरेका थिए । अर्को एक गोल रोङका तर्फबाट आत्मघाती भएको थियो । जसले सन्दकपुर गाउँपालिकालाई फाइदा मिलेको थियो । खेलको म्यान अफ दि म्याच सन्दकपुर गाउँपालिकाका खेलाडी सुमन धमला घोषित भए । उनले नगद र ट्रफी प्राप्त गरे । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको टिम नआएपछि इलाम नगरपालिका भाग्यमानी साबित भएको छ । इलाम नगरपालिकाको टिमले फाल्गुनन्द गाउँपालिकाको टिम नआएपछि सेमिफाइनलको यात्रा पक्का गरेको छ ।  बुधवारको पहिलो सेमिफाइनल खेल इलाम नगरपालिका र माई नगरपालिका बिच हुने छ । बिहीबार चुलाचुली र सन्दकपुर प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल खेल्ने आयोजक देउमाई स्पोटिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार