माई नगरपालिका पुग्यो देउमाई कपको फाइनलमा

बुधबार, २४ माघ २०८०
इलाम, / इलामको माई नगरपालिका प्रथम देउमाई कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनल खेलमा इलाम नगरपालिकालाई शून्यका विरुद्ध तीन गोल गर्दै माई नगरपालिकाको टिमले फाइनलको यात्रा तय गरेको हो । जितका लागि विशाल तामाङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यस्तै ५६ मिनेटमा हरि मगरले थप एक गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । ८० मिनेटको खेलमा थप समयको सदुपयोग गर्दै माईका तर्फबाट पुन एक गोल भएको थियो । खेलको इन्जुरी समयमा माईका तर्फबाट सुवासचन्द्र लिम्बूले अर्को एक गोल गरेका थिए । इलाम नगरपालिकाको तर्फबाट गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच माई नगरपालिकाका खेलाडी विकास बराल घोषित भए । उनले नगद र ट्रफी प्राप्त गरे । बिहीबार चुलाचुली र सन्दकपुर प्रतियोगिताकै दोस्रो सेमिफाइनल खेल खेल्ने आयोजक देउमाई स्पोटिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार