इलाम, माघ : सडन डेथमा सन्दकपुर गाउँपालिकालाई हराउँदै चुलाचुली गाउँपालिका प्रथम अन्तरपालिका स्तरीय देउमाई कपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित असी मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राई बेकरमा धकेलिएको थियो ।
ट्राई बेकरमा समेत बराबरी भएपछि सडन डेथमा चुलाचुलीले जित हासिल गर्यो ।
ट्राई बेकरमा समेत चार चार गोलको बराबरी भएको थियो । एक एक गोल बचाउ भएको थियो ।
पुन सन्दकपुरका खेलाडीले प्रहार गरेको गोल चुलाचुलीका गोलरक्षकले बचाउ गरेका थिए । अन्ततः सन्दकपुर सेमिफाइनलबाट नै बाहिरिनु पर्यो ।
खेलको म्यान अफ दि म्याच चुलाचुलीका खेलाडी आशिष् लावती घोषित भए । उनले नगद र ट्रफी प्राप्त गरे ।
यो सँगै शनिवार चुलाचुली र माई नगरपालिका फाइनलमा भिड्ने पक्का भएको छ । फाइनल खेल शनिवार दिउसो दुई बजे हुने आयोजक देउमाई स्पोटिङ क्लबका प्रचार संयोजक मौसम खनालले जानकारी दिए ।
यस अघि नै माई नगरपालिकाले इलाम नगरपालिकालाई शून्यका विरुद्ध तीन गोल गर्दै फाइनलको यात्रा पक्का गरेका हो ।
प्रतियोगिताको विजेता टिमलाई नगद दुई लाख र उपबिजेता टिमलाई नगद एक लाख प्रदान गरिने छ ।
प्रतिक्रिया