आजबाट प्रथम ओएसिस महिला फुटबल

विहीबार, ०३ फागुन २०८०
इलाम / आजबाट इलामको ठुलो टुँडिखेलमा प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक क्लब ओएसिस र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबिच पहिलो तथा उद्घाटन खेल हुने भएको हो । पहिलो दिन नै दुई वटा खेलहरू सञ्चालन हुने भएका छन् । दोस्रो खेल पाँचथर र इलामको दीपेन्द्र शिखर फुटबल क्लब बिच हुने जनाइएको छ । प्रतियोगितामा भारतको पटना सिटी सहित सप्तरीको नमो बुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड सहभागी छन् । प्रतियोगिताको फाइनल आउँदो ७ गते हुनेछ । विजेताले नगद दुई लाखसहित मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिका कोषाध्यक्ष रोशन राईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार