शुक्रवार नवबुद्ध फुटबल क्लब यूथ फुटबल क्लब सप्तरी र युनाइटेड फुटबल क्लब देउमाई इलामबिच पहिलो खेल सञ्चालन हुने खेल आयोजक समितिका खेल संयोजक ध्रुव राईले जानकारी दिए । उनका अनुसार दोस्रो खेल पटना सिटी भारत र युनाइटेड बिर्तामोड बिच हुने छ ।
प्रतियोगिताको फाइनल खेल फागुन सात गते हुने आयोजक क्लब ओएसिसका अध्यक्ष चाङ मुखियाले बताए ।
खेलको प्रथम हुने टिमलाई नगद दुई लाख प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष रोशन राईले बताए । उनका अनुसार दोस्रो हुने टिमलाई नगद एक लाख प्रदान गरिने छ ।
प्रतिक्रिया